आर्थिक वर्षको अन्त्यमा दुई अर्ब १३ करोड रकमको चेक बुझ्न विकासे अड्डाहरुमा सत्ताधारी नेता तथा कार्याकर्ताको भिड बढेको छ । वर्षभरि कामै नगरि बस्ने र आर्थिक वर्षको अन्त्यमा भने दुई नम्बर प्रदेशका जिल्लामा विकासे बजेट सक्न भ्याइनभ्याइ छ ।
दुई नम्बर प्रदेशका पुर्वाधार कार्यालयहरुमा असारे विकासको काम हतार हतार गरेको जस्तो देखाएर बजेट हात पार्न पल्केका सत्ताधारी खलका कार्यकर्ताको भिडभाड अचाक्ली बढेको छ । प्रदेश संसदीय विकास कोष र नियमित कार्यक्रम बाहेक भौतिक पूर्वाधार मन्त्रालयले एक अर्ब १० करोड र समाजिक विकास मन्त्रालयले १ अर्ब ३ करोड रुपैयााका योजना जेठ अन्तिममा पठाएपछि त्यसको काम गर्नुभन्दा कागजी प्रकृया मिलाएर चेक बुझ्न सत्ताधारी दलका कार्यकर्ताको प्रदेशका पुर्वाधार कार्यालयमा भिड बढेको हो ।
दुई नम्बर प्रदेशका आठ वटा जिल्ला हेर्ने चार वटा पुर्वाधार कार्यालयमा दुई लाख देखि १ करोड रुपैयाँ सम्मका ४ हजार भन्दा बढि योजना छन् । स्थानीयस्तरमै उपभोक्ता समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, मन्त्री, नेता र सांसदको सिफारिसमा गठन भएका उपभोक्ता समितिमा, सत्ताधारी समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेता र कार्यकर्ताको मात्र वर्चश्व छ । दुई नम्बर प्रदेशमा योजना नै बिक्री भइरहेको प्रमुख प्रतिपक्षीको आरोप छ ।
वर्षभरि कामै नगरि आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि हतारहतारमा देखावटी जथाभावी काम गर्ने पुरानो प्रवृत्ति यथावत नै छ । विकासको नाममा जनताले छाक काटेर बुझाएको करको दुरुपयोग भएकोमा सरकार पटक्कै गम्भीर देखिन्न ।
कार्यकर्ता पोस्नकै लागि आर्थिक वर्षको अन्त्यमा टुक्रे योजनामा करोडौं खर्चिंदै जाने हो भने दुई नम्बर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले पारदर्शी र सुशासन कायम गर्ने भनेर गरेको प्रतिबद्धता पुरा होला त ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्न भ्याइनभ्याइ । Pradesh Bishesh news headlines uk | |
| 18 Likes | 18 Dislikes |
| 852 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 1 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét